एसियन कप स्थगित

एजेन्सी, श्रीलंकामा यस बर्षको जुनमा हुने भनिएको एसियन कप प्रतियोगिता स्थगित भएको छ। कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुने भएको छ आयोजकले जानकारी दिए।

श्रीलंका क्रिकेटको प्रमुख कार्यकारी अधिकृत एशली डि सिल्भाले कोलोम्बोमा एसियन देशहरुमा कोरोना महमारी तिब्र गतिले फैलेको कारण प्रतियोगिता आयोजना गर्न सकिने जनाए।

“यस्तो अवस्थामा यसै बर्ष जुनमा प्रतियोगिता गर्न असम्भव जस्तो देखिन्छ” । एस्लि डा सिल्भाले मिडियामा भने

सिल्भाले प्रतियोगिता २०२३ सम्मको लागि स्थगित हुने संभावना बदि रहेको पनि जानकारी दिए।