एशिया कप छनाेट: नेपालद्वारा हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

एशिया कप छनोटमा नेपालले हङकङ सामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समुह चरणकाे पाँचाै खेलमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुदै ९५ रनमात्र बनाउन सक्यो ।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।

पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए ।