एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल को को सँग खेल्दै छ? पूरा जानकारी

भदौ १९ बाट श्रीलंकामा हुने एसिसी यू-१९ एशिया कप क्रिकेटको तालिका सार्वजनिक भएको छ।

तालिका अनुसार नेपालको उद्घाटन खेल आयोजक राष्ट्र श्रीलंकासँग हुनेछ। एसिसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र यूएई परेको छ ।

समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले भदौ २२ मा बंगलादेश र भदौं २४ मा युएईसँग खेल्नेछ।

राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।