एशियाई कर्मचारीको मजाक उडाएको भन्दै बार्सिलोनाका दुई स्टारको आलोचना

बार्सिलोनाका दुई स्टार खेलाडी एन्टोनी ग्रीजम्यान र डेम्बेलेको हाल धेरै आलोचना हुँदै गरेको छ। यो हप्ता ग्रीजम्यान र डेम्बेलेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो सो भिडियोमा बार्साका दुई स्टारले जापानका होटेल कर्मचारीको मजाक उडाएको देखिन सकिन्छ।

होटेलको रुममा दुई जापानी कर्मचारीहरू टिभीमा प्लेस्टेश सेट अप गर्न प्रयास गर्दै गरेको बेला डेम्बेलेले फ्रेन्चमा उक्त कर्मचारीहरूको मजाक उडाएको जानकारी छ।

“यी सबै कुरूप अनुहारहरू, ताकि तिमीले प्रो इभोलुसन सकर(भिडियो गेम) खेल्न पाओस्, के तिमीलाई लाज छैन?,” डेम्बेलेले ग्रीजम्यानलाई फ्रेन्चमा भनेको खबर छ।

उनले पछि फेरी उक्त कर्मचारीहरूको भाषाको मजाक गर्दै “त्यो कस्तो पिछडिएको भाषा हो?” भनेको खबर छ भने जापानको प्राविधिक प्रगतिको उल्लेख गर्दै “तिम्रो देश प्राविधिक रूपमा अगाडी छ कि छैन?” भनेर प्रश्न गरेको खबर छ।

सो भिडियोमा ग्रीजम्यानले शब्दहरू अस्पष्ट रहे पनि उनी हाँस्दै गरेको देख्न सकिन्छ।

सो भिडियो २०१९मा बार्साको जापान टुरबाट रहेको खुलेको छ र हाल त्यो भिडियो भाइरल भए पछि बार्साका दुई स्टार खेलाडीहरूको धेरै आलोचना भएको छ भने दुवै खेलाडीहरूले माफी मागेका छन् र उक्त व्यवहारमा जातीय भेदभावको उद्देश्य नरहेको दाबी गरे।

दुवै खेलाडीले माफी मागे पनि आलोचना भने बन्द भएको छैन भने बार्साको मुख्य प्रायोजक राकुटेन जुन एक जापनिज ब्रान्ड हो, पनि बार्साको उक्त खेलाडीहरूको व्यवहारबाट खुसी छैनन्।

“क्लबका प्रायोजक र भ्रमणका आयोजकका रूपमा म उक्त खेलाडीहरूको जातीय टिप्पणीमा निन्दा गर्दछु,” राकुटेनका प्रायोजक र भ्रमणका आयोजक मिकीतानीले मङ्गलवार सोशल मिडियामा पोस्ट गरे।

“राकुटेनले बार्सिलोनाको दर्शनलाई समर्थन गरे र क्लबलाई प्रायोजकको रूपमा समर्थन गरेका छन्, त्यसैले यस्तो व्यवहार कुनै पनि परिस्थितिमा अस्वीकार्य छ। म क्लबमा औपचारिक विरोध प्रदर्शन गर्ने छु र क्लबको विचारबारे प्रश्न गर्नेछु।”