एशियन गेम्स फुटबलमा आज नेपाल र जापान खेल्दै

आज मङ्गलबार नेपालले एशियन गेम्स फुटबलमा जापान संग भिड्नेछन् ।

१८औं एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो पहिलो खेलमा आज एशियाली पावरहाउस जापानसँग खेल्दैछ ।

नेपाल र जापानबीचको खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि शुरु हुनेछ ।

तपाईंलाई के लाग्छ नेपालले आज राम्रो प्रदर्सन गर्न सक्छ होला ?