एल क्लासिको: बार्सिलोना ५-१ रियल मड्रिड, सबै गोल/हाइलाइट्स हेर्नुहोस [भिडियो]

एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई स्तब्ध पारेको छ । बार्साको घरेलु मैदान क्याप नेउमा भएको खेलमा बार्सिलोनाले रियललाई ५–१ गोल अन्तरले हराएको हो ।

 

लियोनल मेस्सीको अनुपस्थितीलाई बिर्साउँदै बार्साका लागि लुईस स्वारेजले ह्याट्रिक गरे । ३० औ मिनेटमा पेनाल्टीमा गोल गरेका स्वारेजले ७५ औ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरे । ८३ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरेका थिए ।

खेलमा अग्रता बार्सिलोनाले ११ औ मिनेटमा फिलिप काउटिन्होको गोलबाट लिएको थियो । खेल सकिन ३ मिनेट बाँकी छदाँ बार्साका भिडालले एक गोल गरेका थिए ।
रियलकोतर्फबाट मार्सेलोले ५० औ मिनेटमा एक गोल फर्काए ।