एल क्लासिकोमा फाटिले गरे बराबरी गोल, यस्तो उत्कृष्ट कीर्तिमान बनाउन सफल

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा अहिले भैरहेको एल क्लासिको खेलमा अन्सु फाटिले बराबरी गोल गर्दै कीर्तिमान बनाएको छ ।

खेलको पाचौं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई १-० को अग्रता दिलायो ।

९ औं मिनेटमा बार्सिलोनाका अन्सु फाटिले गोल गर्दै खेल १-१ मा ल्याउन सफल भयो ।

गोल गर्दै फाटिले एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न सफल भएको छ ।