एल क्लासिकोमा जित पछि लुका मोड्रिचले गरे जेरार्ड पिकेको ट्रोल

शनिवार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोना माथि रियलले २-१ गोलको जित हासिल गरेको थियो। घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले गरे भने सो खेल रेफ्रीको निर्णयको केही विवादास्पद हुन पुगेको थियो।

खेलको अन्त्य पछि बार्साका डिफेन्डर जेरार्ड पिके खुसी थिएनन् उनी खेलमा सामेल नभए पनि रेफ्री सँग बहस गरेकोमा उनले पहेँलो कार्ड पाए भने रियलका स्टार लुका मोड्रिचले खेल पछि उनको ट्रोल गरे। खेलको अन्त्यमा ४ मिनेटको अतिरिक्त समयबाट पिके खुसी थिएनन्। खेल पछि जेरार्ड पिके र लुका मोड्रिच बिच भेट भएको थियो र सो क्रममा लुका मोड्रिचले उनको ट्रोल गरेको जानकारी छ।

“रेफ्रीलाई गुनासो गर्न पर्खँदै छौ? लुका मोड्रिचले पिकेलाई प्रश्न गरेको, एसबीका सम्पादक, लुकास नाभरेटले दाबी गरे।

जसको जवाफमा पिकेले उनलाई “ठिक छ, मात्र चार मिनेट …” भनेको जानकारी छ।

“अरू कति समय चाहिन्छ?”- लुका मोड्रिचले अन्त्यमा भने।

दुई बिचको हास्यास्पद क्षणको भिडियो हाल भाइरल हुँदै गएको छ। जितसँगै रियलले ३० खेलमा ६६ अङ्क जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अङ्क रहेको छ । बार्सिलोना ६५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।