एल क्लासिकोको ५० उत्कृष्ट र यादगार गोलहरु

स्पेनिस ला लिगाअन्तर्गत आज एल क्लासिको हुँदैछ । जारी सिजनको पहिलो एल क्लासिको अन्तर्गत साविकको विजेता क्लब बार्सिलोनाले रियल मड्रिडसंग क्याम नाउमा खेल्ने छ।

हेर्नुहोस् एल क्लासिकोको ५० उत्कृष्ट गोलहरु


स्पेनिस लिगको सर्वाधिक चर्चित मानिने एल क्लासिको नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि तय भएको समयमा विवाद उत्पन्न भएपछि आज यो खेल हुन लागेको हो ।

यसअघि अक्टोबर २६ तारिखमा हुने भनिएको थियो । तर, बार्सिलोनाको राजनीतिक अवस्थाका कारण खेलमा ठूलो असर परेको भन्दै स्थगित भएको थियो ।

क्याप नोउमा हुने यस खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजको यस खेलमा दुवै टोली शीर्षताको खोजीमा छन् । जारी लिगको १७औं चरणको खेल सकिँदासम्म दुवै टोलीसँग समान ३५–३५ अंक छ ।

गोलान्तरको आधारमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना शीर्ष स्थानमा छ । अब यस खेलको विजेताले ३८ अंकसहित शीर्ष स्थान बनाउनेछ ।