एजेन्सी, आईतबार ला लिगा अन्तर्गत ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिड भिड्दै छ । ईतिहास बोकेको यस खेलमा फुटबलका दिग्गज खेलाडिहरु खेलिसकेका छन । लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, राउल, जाभी जस्ता खेलाडिले रियल तथा बार्सिलोनाका प्रतिनिधीत्व गरेका थिए ।
यथार्थमा रहने हो भने यि खेलाडिहरु विगतका थिए । हाल रियलका नम्बर २० र बार्सिलोनाका नम्बर १० लाई एल क्लासिको भविष्य भन्ने गरेको छ ।
बार्सिलोनाका नम्बर १० आन्सु फातीको यि बिचको तुलान्त्मक रुपमा ब्रजिलियन भिनिसियस भन्दा अब्बल देखिएको छ । फातीको ०.३८ गोल प्रती खेल गर्दा भिनिसियसको ०.१४ गोल प्रती खेल छ ।
तर, यि दुई बिच भिनिसियसले फाउल धेरै प्राप्त गरेको छ । पक्कै पनि आईतबार दुबै खेलाडिले फाउल प्राप्त गर्ने सम्भावना रहेको छ ।
फाती चोटबाट रिकवरी हुँदै मैदानमा फर्केका छन । उनले चोटबाट फर्के लगतै आफ्नो लय समातिसकेका छन ।
भिनिसियसले जारी सिजन ला लिगामा ८ खेलमा ५ गोल गरेको छ । त्यस्तै, फातीले ३ खेलमा २ गोल गरेको छ ।