एल्चेको बार्सिलोनाविरुद्ध यस्तो खराब रेकर्ड

एजेन्सी, एल्चेको बार्सिलोनासंगको खराब लय जारी रहेको छ। बुधबार राती भएको खेलमा एल्चेले लगातार १२ खेलमा गोल गर्न असफल भएको हो।

यो अवधीमा बार्सिलोनाले एल्चेविरुद्ध ३६ गोल गरिसकेका छन भने कुनै गोल बेहोरेको छैन।

बुधबार राती ३-० गोल अन्तरले हारे। त्येस्तै ला लिगामा ३-०, कोपा डेल रे अन्तर्गतको खेलमा ५-० र ला लिगामा ४-० गोलले पराजित भएसंगै एल्चेको पछिल्ला तीन खेल क्याप नोउमा जित बिहिन रहेको छ।

एल्चेले बार्सिलोनाविरुद्ध १९७८ मा गोल गरेका थिए। एल्चेका लागि मार्सेलो त्रोबियानीले ५-१ को हारमा एक गोल गरेका थिए। त्येस यता एल्चेले बार्सिलोनाविरुद्ध गोल गरेको छैन।