एलेटिको म्याड्रिडलाई थोमस मुलरले युरोपको ठगहरु भने पछि

बायर्न म्युनिखका स्टार थोमस मुलरले खेलको क्रममा विपक्षी क्लब एलेटिको म्याड्रिडलाई युरोपको सबैभन्दा ठुलो ठगहरु भनेको खुलेको छ।

च्याम्पियन्स लिगको खेलमा बायर्न म्युनिखले एलेटिकोको सामना गरेको थियो र खेलको क्रममा जब मुलरले एलेटिकोका खेलाडी किरन ट्रिप्पियरलाई फ़ाउल गरे उनले पहेलो कार्ड पाए र सोको प्रतिक्रियामा उनले एलेटिको म्याड्रिडलाई युरोपको ठगहरु भनेर उल्लेख गर्दै रेफरी संग गुनासो गरेको दाबी छ।

खबर अनुसार रेफरीले उनलाई पहेलो कार्ड देखाए पछि उनले म्याच रेफरी ओलिभरलाई भने “यहाँ के भइरहेको छ?  यो गम्भीर हुन सक्दैन, हामी एटलेटिको म्याड्रिडको बिरूद्ध खेल्दैछौं, विश्व फुटबलको सब भन्दा ठूलो ठगहरु ! र यस्तो सानो फाउलको लागि पहेलो कार्ड? ”

उक्त च्याम्पियन्स लिग खेल भने बायर्नले ४–० ले जितेको थियो। पोर्चुगलको लिस्वोनमा उपाधि जितेको ५९ दिनपछि हान्सी फ्लिकको टिमले डिएगो सिमोन नेतृत्वको एट्लेटिकोलाई निराश पार्यो ।

विङ्गर किंग्सले कोम्यानले अलराउण्डर प्रर्दशन गर्दै दुई गोल गरे । उनले गत अगष्टमा लिस्वोनमा समेत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध फाइनल खेलमा विजयी गोल गरेका थिए ।

मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले समेत बार्यनका लागि एक एक गोल थपे ।