एलेक्सिस सान्चेज नापोली जान सक्ने

म्यान्चेस्टर युनाइटेडका एलेक्सिस सान्चेज नापोली जान सक्ने भएको छ। RAI को अनुसार युनाइटेडले नेपोलीलाई एलेक्सिस बेच्न चासो देखाएको छ।

नापोली यो सिजन स्ट्राइकरको खोजिमा छन् र युनाइटेड एलेक्सिस सान्चेजलाई बेच्न खोज्दै गर्दा नेपोलीले उनलाई किन्ने आशा गर्दै गरेको खबर छ।

तर एलेक्सिस सान्चेजको तलब निकै धेरै रहेको छ जसको कारण नापोलीलाई सान्चेजको साइन गर्न गारो हुन सक्ने छ। हाल एलेक्सिस सान्चेजको तलब प्रति हप्ता €५००,००० छ ।

आर्सनल बाट युनाइटेड आएका एलेक्सिसले सोचे जस्तो प्रदर्शन गर्न सकेनन र युनाइटेड उनलाई बेच्न तिर लागेका छन्।