सिरी ए क्लब इन्टर मिलान आफ्नो स्टार खेलाडी एलेक्सिस सान्चेजलाई बेच्न तयार हुने खबर छ। इन्टर उनी सँग सम्झौता विस्तार गर्ने इन्टरको योजना नरहेको खबर छ।
Man Utd flop Alexis Sanchez told he ‘can leave’ Inter Milan with two clubs interestedhttps://t.co/68OvCqW5J7 pic.twitter.com/igPnh1yroz
— Mirror Football (@MirrorFootball) September 21, 2021
२०१८मा आर्सनल छोडेर म्यानचेस्टर युनाइटेडमा गए पछि उनको खेल गिरावट आएको धेरैको विश्वास छ भने युनाइटेडमा उनले सोचे अनुरूप प्रदर्शन नगरे पछि उनी इटालियन क्लब इन्टरमा लोनमा गएका थिए। इन्टरले २०२०मा उनलाई स्थायी रुपमा साइन गरे पछि उनको खेल केही सुधार भएको थियो तर हाल फेरी पनि उनको खेल अपेक्षित अनुसारको रहेको छैन।
सान्चेजसँग उनको वर्तमान इन्टर सम्झौतामा दुई वर्ष बाँकी छ, तर खबर अनुसार, क्लबले उनलाई जनवरीको ट्रान्सफर विन्डोमा बेच्ने कोसिस गर्नेछ। स्पेनिस क्लब सेभिल्ला र रियल बेटिस दुवै उनलाई साइन गर्न इच्छुक रहेको खबर छ तर उनको ठुलो तलबले उक्त ट्रान्सफर गाह्रो हुन सक्ने जानकारी छ।
Two clubs Alexis Sanchez could join on the cheap with Inter Milan ‘ready to sell’https://t.co/M7xnGOcdhc pic.twitter.com/B0dfeTDqzA
— Daily Star Sport (@DailyStar_Sport) September 22, 2021
इन्टरमा उनको असफलताको कारण उनको चोट पनि रहेको छ दुई पटकका कोपा अमेरिका विजेताले इटालियन क्लबमा दुई सिजन मा २६ खेल चोटको कारण गुमाएका छन् जसको कारण उनलाई बेच्न इन्टर तयार हुने खबर छ।
स्थायी रुपमा इन्टर आए पछि उनले ३१ खेलमा केवल ७ गोल गरेका छन् र नयाँ इन्टरका कोचले उनलाई आफ्नो योजनामा राख्ने स्पष्ट गरेका छन्।