एलेक्सिस सांचेज़को लागि अप्रत्याशित क्लब बाट लोनको प्रस्ताव- म्यान्चेस्टर युनाइटेडले तुरुन्तै अस्वीकार गर्यो।

म्यान्चेस्टर युनाइटेडले सांचेज़को लागि आश्चर्य चकित प्रस्ताव प्राप्त गर्यो तर युनाइटेडले उक्त प्रस्ताव तात्कालिकनै अस्वीकार गर्यो।

ब्राजिलयन च्याम्पियन पाल्मेरासले चिलीका सुपरस्टार एलेक्सिस सांचेज़लाइ लोनमा भित्राउने चासो देखाएको खबर आएको छ म्यान्चेस्टर युनाइटेडमा उनको खराब प्रदसनको कारण उनको धेरै आलोचना भएको थियो र युनाइटेडले उनलाई अर्को सिजन बेच्ने कुरा आएको थियो तर उनको लागि पाल्मेरासले प्रस्ताव राखे पछि धेरै फुटबल फ्यान आश्चर्य चकित भएको थियो।

पाल्मेरासले एलेक्सिस सांचेज़को साप्ताहिक तलबको ठुलो भाग तिर्न पर्ने हुनेछ जुन पाल्मेरासले खर्च गर्न सक्दैन, सांचेज़को साप्ताहिक तलब पाल्मेरासको सबै भन्दा बढी कमाउने खेलाडीको भन्दा ६ गुना बढी छ।