‘एलिसन बेकर सबै सम्मानको हकदार’- पूर्व लिभरपुलका गोलरक्षक

“उनले गत वर्ष गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई सबै सम्मान मिल्नुपर्छ। मैले उनलाई अझै भेटेको छैन, कुनै अवस्थामा उनलाई भेट्नेछु। उनी त्यति धेरै आत्मविश्वास भएका त होइनन् तर उनीसँग सन्तुलनमा रहने क्षमता छ,” लिभरपुलका पूर्व गोलरक्षक रे क्लिमेन्सले लिभरपुलको वेबसाइटमा भने।

सिजन २०१८/१९ मा एलिसनले गरेको उत्कृष्ट प्रदर्शनले सबै सम्मानको हकदार रहेको बताए। गत सिजनमा एलिसन रोमाबाट लिभरपुलमा आएका थिए र उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ३८ लिग खेलमा २१ खेल उसको नाममा क्लिनसिट छ। उत्कृष्ट प्रदर्शनले उनले प्रिमियर लिग गोल्डेन ग्लोब पनि पाएका थिए।

एलिसनले उनको राष्ट्र ब्राजिललै कोपा अमेरिकामा पनि जिताउन सफल भए। उनलाई बलोन दिओरको हकदारपनि मानिन्छ।