एलिसनद्वारा अन्य प्रिमियर लिग क्लबहरुलाई चेतावनी

लिभरपूलका स्टार गोलकिपर एलिसनले आफ्नो टिम-मेट मोहम्मद सलाहले “गोलको भोकको साथ सिजन शुरू गरिसकेका छन” भनेका छन्।

लीड्स फुटबल क्लबबिरुद्धको ४-३ जितमा लिभरपूलका स्टार फारवर्डले सिजन ह्याट्रिकको साथ सुरु गरेका छन् ।

एलिसन स्वीकार्छन् उनले लिभरपुलका स्टार सालाहमा लिग शीर्षक रक्षाको दृढ संकल्प देखेका छन् र उनले अन्य क्लबहरुलाई सलाहले बारे चेतावनी पनि दिए। ।

“उहाँ जितको लागि भोकाउनु भएका छन्, उनले सिजन भोकबाट शुरू गरेका छन् र म यसैको कारणले खुशी छु। उहाँ हाम्रो लागि साँच्चिकै महत्वपूर्ण खेलाडी हुनुहुन्छ,” एलिसनले क्लबको वेबसाइटलाई भने। “यसले उनलाई आत्मविश्वास दिन्छ र अरु खेलाडीहरुलाई पनि कडा परिश्रम गर्न पुश गर्दछ।

“हाम्रो आक्रमणमा धेरै गुणहरू भएका खेलाडीहरु छन्। कहिलेकाँही एक खेलाडीले मात्र स्कोर गर्छ तर हामी जान्दछौं कि प्रत्येकले यस खेलबाट रक्षात्मक चरण र आक्रमणमा सुधार गर्न सक्छ। यो हाम्रो लागि राम्रो सुरुवात हो।

“हामीलाई थाहा थियो कि हामी के को लागी प्रतिक्षा गरिरहेका छौ लीड्सबिरुद्धको खेलमा।

“मलाई लाग्छ उनीहरू राम्रो गुणको साथ वास्तवमै राम्रो टीम हो बहादुर हृदयको साथ। उनीहरूले खेल हाम्रो लागि गाह्रो बनाएका थिए तर मलाई लाग्छ कि उनीहरूको लागि त्यो खेल झन् कठिन भएको थियो हाम्रो खेलेको क्षमताले।

“टिममा मो सलाह पाउँदा म खुसी छु र उनले सिजनको पहिलो आधिकारिक खेलमा ह्याट्रिक गरे। म तीन अंकका लागि पनि खुसी छु।”