एलिशनको गोलसंगै नया कीर्तिमान

एजेन्सी, लिभरपुलका गोलरक्षक एलिशनले खेलको अन्तिम समयमा गोल गर्दै लिभरपुललाई अप्रत्याशित जित दिलाए। खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै २-१ गोलले जित दर्ता गर्न सफल भयो।

लिभरपुल क्लब स्थापित भए देखि गोल गर्ने एलिशन पहिलो गोलरक्षक बनेको छ। एलिशन प्रिमियर लिगमा गोल गर्ने छैठो गोलरक्षक पनि बनेको छ।

एलिशनले ट्रेन्ट एलेसान्दर आर्नोल्डको कर्नर प्रहारबाट हेड मार्फत गोल गरेको हो। हेड मार्फत गोल गर्ने पहिलो गोलरक्षक पनि बने। पिटर इस्माइकल र ब्राद फ्रिडेलले खुट्टा मार्फत गोल गरेका थिए।

पल रोबिन्शन, टिम हौवार्ड र एस्मिर बेगोभिच सबैले आफ्नो डि बक्सबाट गोल गरेको थियो।