टेस्ला र ट्विटरका मालिक रहेका एलन मस्क सँग मिश्रित मार्सल आर्ट्स (एमएमए फाइट) खेल्न आफू तयार रहेको भनेर फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग बताएका छन्।
Mark Zuckerberg has accepted Elon Musk’s challenge to a cage fight.
Are you #TeamElon or #TeamZuck? 🥊 pic.twitter.com/Bc9YHbUQwd
— ALX 🇺🇸 (@alx) June 22, 2023
फेसबुकले ट्विटर सँग प्रतिस्पर्धा गर्न नयाँ सामाजिक सञ्जाल बनाउने क्रममा रहेको समाचारमा ट्विटरका मालिक रहेका एलन मस्कले मार्क जुकरबर्गको मजाक उदाएका थियो र सो कुराको जवाफमा एक फ्यानले उनलाई मार्क जुकरबर्गले जिउ-जित्सु खेल्ने गरेको कारण सावधान हुन भनेर जवाफ दिए।
उक्त फ्यानलाई फेरी एलन मस्कले जवाफ दिँदै आफू मार्क जुकरबर्ग सँग ‘केज फाइट” जुन युएफसीमा हुने गरेको छ- गर्न तयार रहेको भने र उक्त ट्वीटको स्क्रिनसट पोस्ट गर्दै हाल मार्क जुकरबले उक्त फाइटको लागि स्थान पठाउन आग्रह गर्दै इन्स्ताग्राममा पोस्ट गरे पछि हाल सो वारे धेरै चर्चा हुँदै गरेको छ।
Mark Zuckerberg responds to Elon Musk saying he’s down for a cage fight 🥊
“Send me location” pic.twitter.com/NE4mL8l4po
— Culture Crave 🍿 (@CultureCrave) June 21, 2023
एलन मस्कले मजाक गर्दै ‘केज फाइट’ गर्न तयार रहेको भने पनि मार्क जुकरबर्ग भने सो वारे गम्भीर रहेको चर्चा छ भने एलन मस्क तयार रहे उनि सँग मिश्रित मार्सल आर्ट्स (एमएमए फाइट) गर्न तयार हुने जानकारी छ।
मार्क जुकरबर्ग धेरै समय देखि जिउ-जित्सु अभ्यास गर्दै आएका छन् भने उनले केही प्रतियोगिताहरू जितेको फोटो पनि भाइरल हुँदै आएको छ।
Elon Musk vs Mark Zuckerberg: The greatest fight of our generation 🤯 pic.twitter.com/4k2H5VwGMu
— Happy Punch (@HappyPunchPromo) June 22, 2023
एलन मस्क र मार्क जुकरबर्ग बिच सचे ‘फाइट’ हुने वा नहुने हाल सम्म निश्चित नरहे पनि फ्यानहरूले दुई अरबपतिलाई आफ्नो म्याचबाट च्यारिटीको लागि पैसा उठाउन आग्रह गर्दै गरेका छन्।