एलन न्यौपाने सहित अन्य स्टार खेलाडीले छाडे थ्री स्टार क्लब

थ्री स्टार क्लबका गोलरक्षक एलन न्यौपानेले क्लब छाडेका छन् ।

लामो समय देखी थ्री स्टारबाट खेल्दै आएका एलनले थ्री स्टार क्लब छाड्दै अर्को ललितपुरे क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् ।

मंसिर २८ देखि हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ । थ्री स्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासले आवद्ध गराउन सफल भएको छ ।

गोलरक्षक एलन न्यौपाने सहित मिडफिल्डर सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले अनुवन्ध गरेको छ । यी चार जना नै थ्रीस्टारबाट खेल्थे । छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन् । सहायक कोचमा वाल गोपाल साहुखललाई आवद्ध गरेको च्यासलका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए ।