एलए ग्यालेक्सीले भित्रायो पुर्व म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर

एलए ग्यालेक्सीले पुर्व वेस्ट ह्याम र म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजलाई साइन गरेको छ।

३१ वर्षका मेक्सिकन स्ट्राइकर,सेभिल्लामा खेलको लागी संघर्ष गर्दै थिए, उनि वेस्ट ह्यामबाट सेभिल्ला गएका थिए ।

एलए टाइम्सका अनुसार हर्नान्डेज एमएलएसमा सबैभन्दा बढी कामउने खेलाडी बनेका छन्।

“यो सही समय थियो, सही अवसर,” हर्नान्डेजले भने।

कुनै समय उनि युनाइटेडमा स्टार थिए र हाल उनको प्रदर्शन पहिला जस्तो उत्कृष्ट हुन सकेको छैन र अमेरिकामा उनले आफ्नो प्रदर्शन सुधार गर्ने आशा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ