“एर्लिङ हालान्ड लिभरपूलमा जाने छन्”

आरबी साल्जबर्गका खेल निर्देशक क्रिस्टोफ फ्रेन्डले डर्टमन्डका स्टार स्ट्राइकर एर्लिङ हालान्डको भविष्यमा लिभरपूलमा जाने आफ्नो अपेक्षा रहेको बताए।

२० वर्षका स्टार गत सिजन देखि आफ्नो स्कोरिंग क्षमताको कारण अस्ट्रियाको फुटबल लिगबाट चर्चित हुन थाले र च्याम्पियन्स लिगमा पनि उनको उत्कृष्ट खेल रहे पछि डर्टमन्डले उनलाई साइन गरेको थियो। डर्टमन्डमा आएको धेरै समय नहुँदानै उनि अब कुन क्लब जाने भन्ने बारे चर्चा हुने गरेको छ र साल्जबर्गका खेल निर्देशक क्रिस्टोफ फ्रेन्डका अनुसार हालान्ड लिभरपूलमा जाने छन्।

हालान्डको भविष्यको कुरा गर्दै क्रिस्टोफ फ्रेन्डकाले बताए कि हालान्ड लिभरपूलमा जाने छन्।  “उनि त्यहाँ(लिभरपूलमा) ल्याण्ड गर्ने छ,” उनले बताए।

उनले स्काई९० संग कुरा गर्दै भने: “उनी विश्वका कुनै पनि क्लबका लागि खेल्न सक्छन्। उनको मानसिकता, उनको इच्छा र आत्मविश्वासका साथ उनले आगामी १० बर्षमा युरोपेली फुटबलमा छाप छोड्न सक्षम हुनेछन्।”