एर्लिङ हालान्ड पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गर्न सफल

एर्लिङ हालान्डले रोमानिया बिरुद्धको खेलमा ३ गोल गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गर्न सफल भएका छन्।

नर्वे र रोमानिया बीचको खेलमा २० बर्सका युवा स्टार हालान्डले निकै उत्कृष्ट प्रदर्शन गरे- खेल नर्वेले ४-०ले जितेको थियो र सो क्रममा उनले ३ गोल गर्दै आफ्नो ह्याट्रिक पनि पुरा गरे।

सो खेलमा उनले निकै राम्रो गोलहरु गरे र उनले क्लबमा देखाउने गरेको आफ्नो उत्कृष्ट प्रतिभा अन्तर्राष्ट्रिय चरणमा पनि देखाए।

उनले नर्वेको साथ ६ खेल खेलेका छन् भने उनको अन्तर्राष्ट्रिय गोल पनि ६ पुगेको छ। उनले आफ्नो क्लब र राष्ट्रसंग खेलेको पछिलो ४८ खेलहरुमा ५१ गोल गरेका छन्।

उक्त खेलमा रियलका युवा स्टार मार्टिन ओडेगार्डको पनि राम्रो प्रदर्शन रहेको थियो र उनको निकै उत्कृष्ट पासमा हालान्डले गोल गरेका थिए।