एजेन्सी । म्यान्चेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन एरिक्सन विश्व कप खेल्ने डेनमार्कको प्रारम्भिक टोलिमा पर्न सफल भएको छ । २०२० युरो कप पछि एरिक्सन पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
युरो २०२० मा फिनल्यान्डसंगको खेलमा एरिक्सनलाई हृदयघात भए पछि उनले बाकी प्रतियोगिता गुमाएका थिए । त्यस, यता एरिक्सनले डेनमार्कका लागि कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।
डेनमार्कले विश्व कप खेल्ने २१ प्रारम्भिक टोलि घोषणा गरिसकेका छन् । उसले थप ५ खेलाडीलाई टोलिमा समेट्दैछ ।
कतार विश्व कपमा डेनमार्कले पहिलो खेल नोभेम्बर २२ मा टुनिसियासंग खेल्नेछ ।
त्यस्तै, टुनिसिया पछि डेनमार्कले साविक विजेता फ्रान्स र अष्ट्रेलियासंग खेल्ने तालिका रहेको छ ।