एम्बाप्पे साइन गर्न लिभरपूल आफ्नो स्टार खेलाडी बेच्न तयार हुने।

लिभरपूल पिएसजीका स्टार एम्बाप्पे साइन गर्न आफ्नो स्टार स्ट्राइकरलाई बेच्न तयार हुने खबर छ। पिएसजीका एम्बाप्पे हाल फुटबलका स्टार बनेका छन् र उनलाई साइन गर्ने धेरै क्लबको लक्ष्य रहेको छ भने रियल म्याड्रिड र लिभरपूल मुख्य दाबेदारको रुपमा रहेका छन्।

दुवै क्लब उनलाई साइन गर्ने योजनाको तयारीमा छन् र हाल खबर अनुसार एम्बाप्पे साइन गर्न लिभरपूल अहिले देखिनै रकम स .्कलन गर्ने योजनामा रहेको छ र सो को लागि आफ्नी मोहम्मद सालाह, रोबर्टो फर्मिनो वा सादियो माने बेच्न पनि तयार हुने खबर रहेको छ।

रियलमा पनि उनको चासो रहेको कारण उनलाई साइन गर्न दुई क्लब बीच ठुलो प्रतिस्पर्धा हुने देखा परेको छ। पिएसजी संग उनको सम्झौता २०२२ सम्म रहेको छ र पिएसजीले उनि संग नयाँ सम्झौता गर्न असफल भए उनलाई २०२१ भित्र बच्न पर्न हुने छ जसको फाइदा रियल र लिभरपूल जस्तो क्लबले पाउने छ।