एम्बाप्पे साइन गर्न रियल संग प्रतिस्पर्धा गर्न म्यानचेस्टर सिटिलाई गार्डियोलाको आग्रह

म्यान्चेस्टर सिटी म्यानेजर पेप गार्डियोलाले अर्को सिजन इतिहादमा काइल्यान एमबाप्पे ल्याउन चाहन्छन्।

पिएसजी स्टार स्ट्राइकर २०२० मा पेरिस छोड्ने अपेक्षा गरिएको छ – रियल म्याड्रिडले उनलाई साइन गर्ने चर्चा छ।

यद्यपि फ्रान्स फुटबलले भने कि सिटिले पनि उनलाई साइन गर्न खोज्ने छन्, यो खबर छ कि गार्डियोलाले व्यक्तिगत रूपमा उनलाई सिटिमा भित्राउन पहल गर्दै छन्।

क्याटालान म्यानेजरले एम्बाप्पेलाई, अनुभवी सर्जियो अगुएरोको स्थान लिन सक्ने स्ट्राइकरको रूप मा पहिचान गर्दै छन्।

म्याड्रिडमा, यो दावी गरिएको छ कि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज विश्व कप विजेताको हस्ताक्षरको लागि €३०० मिलियन तिर्न तयार छन्।