एम्बाप्पे साइन गर्न बार्साले पनि प्रयास गर्ने

पिएसजीका युवा स्टार किलियन एम्बाप्पे साइन गर्न बार्सिलोनाले पनि प्रयास गर्न खबर छ। एम्बाप्पेको नयाँ क्लब बार्साको चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड हुने धेरै चर्चा हुँदै गर्दा बार्साले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।

सिजनको अन्त्यमा पिएसजी र एम्बाप्पे बिचको सम्झौता अन्त्य हुने छ जसको कारण उनि फ्री एजेन्टको रुपमा अन्य क्लब जान स्वतन्त्र हुने छन् र फ्री एजेन्टको रुपमा एम्बाप्पेलाई साइन गर्ने अवसरमा बार्साले आफ्नो पनि प्रयास गर्ने रिपोर्ट छ। हाल कठिन आर्थिक अवस्थामा रहे पनि बार्सा उनलाई क्लब भित्राउन €९० मिलियनको बोनस दिन तयार रहेको खबर छ।

€९० मिलियन बोनसको प्रस्तावको साथ एम्बाप्पेलाई साइन गर्ने आफू मुख्य दाबेदार हुने बार्साको विश्वास रहेको एएसको रिपोर्टले जनाएको छ भने रियल म्याड्रिडले उनलाई €५० मिलियन बोनसको प्रस्ताव गरेको जानकारी छ।

रियल म्याड्रिड उनलाई साइन गर्न धेरै इच्छुक रहेको बेला बार्साले पनि उनलाई साइन गर्न प्रयास गर्ने जानकारी भए पनि एम्बाप्पेले रियल आफ्नो सपनाको क्लब रहेको दाबी गर्दै आएका छन्।

ट्रान्सफर विन्डोको अन्त्य तिर रियलले उनलाई साइन गर्न धेरै प्रयास गरे पनि पिएसजीले उनको लागि आएको रियलको सबै प्रस्ताव अस्वीकार गरेको थियो।