एम्बाप्पे साइन गर्नेमा रियाल म्याड्रिड विश्वस्त

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

रियाल म्याड्रिड २०२१ पिएसजीका स्टार किलियन एम्बाप्पे साइन गर्ने कुरामा विश्वस्त छन्।

ए एसका अनुसार पिएसजी पनि एम्बाप्पेलाई क्लबमा राख्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्न तयार रहेको कुरा रहेको छ, तर रियल म्याड्रिड विश्वस्त छन् कि उनीहरूले अर्को सिजनमा एम्बाप्पेलाई भित्राउन सक्ने छन्।

फ्रेन्च क्लब एम्बाप्पे संग नयाँ सम्झौता नगरे २०२१मै उनलाई बेच्न मध्ये हुने छन् अन्यथा सम्झौताको अन्त्य पछि एम्बाप्पे पिएसजी छोड्न स्वतन्त्र हुने छन्।

म्याड्रिडले कथित रूपमा विश्व कप विजेताका लागि £१६१ मिलियन शुल्क तिर्न तयार रहेका छन्।

पिएसजीको पनि विश्वास रहेको छ कि एम्बाप्पेले क्लब संग सम्झौता विस्तार गर्ने छन् र पिएसजीको मुख्य लक्ष्य उनलाई क्लबमा राख्नु रहेको पनि खबर छ।

रियलका कोच जिदान एम्बाप्पेका फ्यान हुन् भने एम्बाप्पेले पनि जिदानलाई आफ्नो आइडल मान्ने गरेका छन् र रियलले स्पष्ट गरेका छन् अर्को सिजन जिदान क्लबमा नरहे पनि एम्बाप्पे क्लबको मुख्य प्राथमिकता हुने छन्।