एम्बाप्पे र हालान्डको साझेदारी सिर्जना गर्न रियल धेरै उत्सुक

२०२१मा ला लिगा क्लब रियल म्याड्रिड ट्रान्सफर विन्डोमा धेरै सक्रिय रहेको थिएन भने आउँदो वर्षको लागि रियलले ठुलो योजना बनाएको जानकारी छ।

पिएसजीका स्टार स्ट्राइकर एम्बाप्पे फ्री एजेन्ट हुने क्रममा रहेको छ भने रियल उनको गन्तव्य हुन सक्ने धेरै चर्चा हुँदै गर्दा लालिगा क्लब २०२२ सम्म एर्लिन हालान्ड पनि साइन गर्न इच्छुक रहेको जानकारी छ।

नर्वेका स्टारको डर्टमन्डमा सनसनीखेर प्रदर्शन रहेको छ, उनले हाल सम्म डर्टमन्डमा ७५ खेलमा ७६ गोल गरेका छन् भने हालान्ड रियल जाने धेरै चर्चा रहेको छ र खबर अनुसार रियल हालान्ड र एम्बाप्पेको साझेदारी सिर्जना गर्न धेरै उत्सुक रहेको छ।

खबर अनुसार रियलले सबैभन्दा ठुलो प्राथमिकता पिएसजीका एम्बाप्पे र रेनेसका कामाभिन्गा साइन गर्ने थियो र कामाभिन्गालाई साइन गर्न सफल भए पछि हाल रियल एम्बाप्पे र हालान्डलाई २०२२ सम्म क्लबमा भित्राउने योजना बनाएको छ। रियलको योजना क्लबमा एम्बाप्पे र हालान्डको साझेदारी सिर्जना गर्ने रहेको छ।

तर रियलको योजना पक्कै पनि सजिलो छैन एम्बाप्पे रियलमा जान इच्छुक रहेका छन् तर हालान्डलाई साइन गर्न अन्य ठुलो क्लबहरू पनि इच्छुक रहेको छ र क्लबहरू बिच निकै ठुलो प्रतिस्पर्धा हुने कुरा स्पष्ट छ।