रियल म्याड्रिड पिएसजीका सुपरस्टार किलियन एम्बाप्पे साइन गर्न धेरै इच्छुक रहेको छ भने रियलको नाम हलान्ड सँग पनि जोडिने गरिएको छ। हाल खबर अनुसार रियल उक्त नयाँ स्टारहरू साइन गर्न आफ्नो खेलाडीहरू बेच्न तयार हुने छ।
Real Madrid ‘could sell SIX to get the cash to buy Kylian Mbappe and Erling Haaland this summer’ https://t.co/wiQ6gUef2t
— MailOnline Sport (@MailSport) March 27, 2021
मुन्डो डिपोर्टिभोका अनुसार एम्बाप्पे वा हलान्ड वा दुवैलाई साइन गर्ने लक्ष्यको साथ रियलले आफ्नो छ वटा स्टारहरूलाई बेच्ने छ। आफ्नो ६ खेलाडी बेचेर केही रकम जम्मा गर्ने र तलब खर्च कम गर्ने रियलको योजना रहेको जानकारी छ र उक्त रकमहरू एम्बाप्पे, हलान्ड साइन गर्नमा प्रयोग गर्ने कुरा छ।
रियलले बनाएको ६ खेलाडीको सुचीमा एडन हजार्ड, ग्यारेथ बेल, सर्जियो रामोस, राफाएल भरान, इस्को र मार्सेलो रहेको खबर छ।
🚨🚨| Real Madrid want to buy BOTH Mbappe and Haaland this summer and they believe it’s possible to sign both if a viable economic plan is drawn up.@DeportesCuatro [🥈]
— Madrid Xtra. (@MadridXtra) March 27, 2021
एडन हजार्ड र ग्यारेथ बेल क्लबमा सबैभन्दा धेरै तलब पाउने खेलाडी हुन्। हजार्डलाई रियलले £१०० मिलियनमा साइन गरे पनि ५० मिलियनमा रियलले उनलाई बेच्ने चर्चा छ।
सर्जियो रामोस, राफाएल भरान, इस्को क्लब छोड्न इच्छुक रहेको कुरा छ र तीनै जना खेलाडीले क्लब सँग सम्झौता विस्तार गरेका छैनन्।
खबर अनुसार ट्रान्सफर विन्डोमा रियलको मुख्य लक्ष्य एम्बाप्पे र हलान्ड हुने छ र दुई स्टारलाई साइन गर्ने रियलले आफ्नो ६ खेलाडीहरू अफ-लोड गर्ने योजना बनाएको छ।