एम्बाप्पे र एडिन्सन काभानीबिनै मैदान उत्रिएको पीएसजी विजयी

फ्रेन्च लिगमा मेट्ज विरुद्ध पीएसजी विजयी भएको छ। शनिबार बिहान भएको खेलमा मेट्जलाई २–० को जित निकाल्न सफल भएको हो ।

पीएसजीलाई जिताउन एन्जल डी मारिया र चुपो मोटिङले एक-एक गोल गरेका थिए । मुख्य खेलाडी केलियन एम्बाप्पे र एडिन्सन काभानीबिनै मैदान उत्रिएको पीएसजीले सुरुमै अग्रता लिन सफल भएको थियो । ११ औं मिनेटमा पेनाल्टीमार्फत एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ४३ औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै पहिलो हाफमै २–० को अग्रता बनाए ।

दोस्रो हाफमा थप गोल हुन नसके पछि पीएसजी २–० ले विजयी हुँदै तालिकामा ९ अंक बनाएको छ।