एम्बाप्पे रियल म्याड्रिडको मुख्य प्राथमिकता

BARCELONA, SPAIN - FEBRUARY 16: Kylian Mbappe of Paris Saint-Germain reacts during the UEFA Champions League Round of 16 match between FC Barcelona and Paris Saint-Germain at Camp Nou on February 16, 2021 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

ला लिगा क्लबले रियल म्याड्रिडले आउँदो ट्रान्सफर विन्डोमा पिएसजीका स्टार किलियन एम्बाप्पेलाई आफ्नो मुख्य प्राथमिकता बनाएको छ। ट्रान्सफर विन्डो नजिक हुँदै गर्दा एम्बाप्पेको भविष्य बारे धेरै चर्चा हुँदै गरेको छ र हाल खबर अनुसार एम्बाप्पे पनि रियल जान इच्छुक छन् भने उनले पेरिसमा आफ्नो सम्झौता विस्तार गरेका छैनन्।

पिएसजीका अध्यक्ष नासर अल-खलयफीले एम्बाप्पेलाई क्लबले नबेच्ने र क्लब सँग उनको नयाँ सम्झौता हुने दाबी गरेका थिए तर हाल खबर अनुसार एम्बाप्पे क्लबका अध्यक्षको उक्त ‘स्टेटमेन्ट’हरूबाट खुसी छैनन्। खबर अनुसार रियल र एम्बापे बिच राम्रो सम्पर्क छ र उनले रियललाई पिएसजी सँग सम्झौता विस्तार नगर्ने जानकारी गरेको पनि चर्चा छ।

एम्बाप्पेलाई फ्री एजेन्टको रुपमा क्लब छोड्न नदिने पिएसजीका अध्यक्ष नासर अल-खलयफीले बताएका थिए र एम्बाप्पेको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला उनलाई फ्री एजेन्टमा गुमाउनबाट बच्न पिएसजीले उनलाई यो वर्ष बेच्न पर्ने हुने छ।

आउँदो गर्मीको विन्डोमा रियलले उनलाई आफ्नो मुख्य प्राथमिकता बनाएको जानकारी छ। उनी धेरै समय देखि रियलको नजरमा रहेका छन् भने आउँदो गर्मीको विन्डोमा उनलाई साइन गर्न रियलले पूर्ण प्रयास गर्ने खबर छ।

लिभरपुलको नजर पनि उनी माथि रहे पनि एम्बाप्पेको रोजाई रियल हुने चर्चा छ।