एम्बाप्पे म्याड्रिडमा घरको खोजी गर्दै

BARCELONA, SPAIN - FEBRUARY 16: Kylian Mbappe of Paris Saint-Germain reacts during the UEFA Champions League Round of 16 match between FC Barcelona and Paris Saint-Germain at Camp Nou on February 16, 2021 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

पिएसजीका स्टार किलियन एम्बाप्पे रियल म्याड्रिड जान नजिक रहेको चर्चा हुँदै गर्दा उनी स्पेनको म्याड्रिडमा घर खोज्दै गरेको खबर आएको छ।

पिएसजीका स्टार एम्बाप्पेको नाम धेरै समय देखि ला लिगा क्लब रियल सँग जोडिने गरेको छ भने हाल उनी रियल जान नजिक रहेको चर्चा छ ।  एम्बाप्पेको सम्झौता क्लब सँग २०२२ सम्मको लागि छ भने उनले सो सम्झौता विस्तार गरेका छैनन्।

एम्बाप्पेलाई रियलले आफ्नो प्राथमिकता बनाएको कुरा स्पष्ट छ भने आउँदो ट्रान्सफर विन्डोमा रियलले उनलाई साइन गर्न प्रयास गर्ने चर्चा हुँदै गर्दा एम्बाप्पेले म्याड्रिडमा घर किन्न प्रयास गर्दै गरेको खबर छ।

रियलले अर्को सिजन उनलाई क्लबमा भित्राउन प्रयास गर्ने खबर छ भने पिएसजीले उनको लागि €१२० मिलियन सम्म माग्ने कुरा छ।