एम्बाप्पे मेस्सी र रोनाल्डो भन्दा माथि पुग्ने पोचेटिनोको दाबी

पिएसजीका कोच मौरिसियो पोचेटिनोले आफ्नो फ्रेन्च स्टार एम्बाप्पेको प्रशंसा गरेका छन् । हाल युवा स्टार किलियन एम्बाप्पेको निकै राम्रो प्रदर्शन रहेको छ। लिगमा डिजोन विरुद्धको ४-०को जितमा उनले दुई गोल र खेल पछि पोचेटिनोले उनको प्रशंसा गरेका छन्।

किलियन एम्बाप्पे अहिले नै “विश्वका सर्वश्रेष्ठ” मध्ये एक रहेको र लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्ने उनी सँग सम्भावना र क्षमता रहेको छ कोच मौरिसियो पोचेटिनो बताए।

“उनी सँग क्षमता छ,” शीर्ष स्थानमा उनले मेस्सी र रोनाल्डोको ठाउँ लिने बारे एएफपीको प्रश्न बारे पोचेटिनोले जवाफ दिँदै भने। “उहाँसँग अव्स्याक सबै छ, मात्र समय आउन बाँकी छ।

“हामीले प्रक्रियालाई अगाडि बढाउन समयको गति परिवर्तन गर्न सक्दैनौँ। मलाई लाग्छ कि उनी अहिले नै विश्वको सर्वश्रेष्ठमा हुन्।

“यसले समय लिने छ, उनले आफूले पाउनु पर्ने मान्यता प्राप्त गर्न समय लाग्ने छ तर उनले सो पाउने छन्।