एम्बाप्पे भित्र्याउन रियल प्रयासरत

पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड केलियन एमबाप्पे अनुबन्धका लागि रियल मड्रिड मोटो रकम तिर्न तयार देखिएको छ ।

फ्रान्सको एक टेलिभिजनले एमबाप्पे अनुबन्ध गर्न रियलले २०० मिलियन युरो खर्चन तयार देखिएको जनाएको छ ।

ला लिगा क्लब रियल एमबाप्पे अनुबन्धका लागि लामो समयबाट लागि परेको छ  ।

पछिल्लो समय पीएसजी पनि एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।

पीएसजीसँग फ्रेन्च फरवार्डको सम्झौता आगामी सिजन पछि सकिदैछ ।

एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो ।

२४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन् ।