“एम्बाप्पे भन्दा एर्लिङ हालान्ड धेरै खतरनाक”

हाल एम्बाप्पे र एर्लिङ हालान्ड विश्व फुटबलको दुई उत्कृष्ट युवा प्रतिभा हुन् र दुई बिच अहिले देखि नै तुलना हुन थालेको छ। बोरुसिया डर्टमन्डका फुल ब्याक म्युनिरले ’bout बोल्दै आफ्नो टिम मेटको प्रशंसा गरेका छन्।

डि-बक्स भित्र एम्बाप्पे भन्दा एर्लिङ हालान्ड धेरै खतरनाक रहेको डर्टमन्डका फुल ब्याकथोमस म्युनिरले दाबी गरे।

“किलियन एक खेलाडी हुन् जो ‘वान-भी-वान’ को खोजी गर्छन्, उहाँसँग सबै प्रतिभाको अंश छ। उनले मलाई हेनरीको सम्झना गराउँछन्।

“अर्कोतर्फ एर्लिङ निकै खतरनाक छन्। डि-बक्समा उनी एक ‘किलर’ हुन्, उसले विश्वका कुनै पनि गोलकिपरलाई हराउन सक्छन्। आउँदो वर्षहरूमा, संसारको सबै भन्दा राम्रो खेलाडीहरू हुनको आवश्यक कदमहरू उनले लिन सक्ने छन्।

“तिनीहरू दुवै हाल युवा प्रतिभा हुन २५ वर्षको हुँदा यी दुई विश्वका सर्वश्रेष्ठ खेलाडीहरू हुनेछन्।”