पिएसजीका सुपरस्टार किलियन एम्बाप्पे साइन गर्न लिभरपूल र रियल म्याड्रिड जस्तो क्लबहरु इच्छुक रहेका छन् र एम्बाप्पे र पिएसजी बीचको सम्झौता अन्त्य हुने नजिक रहेको बेला उनको नयाँ गन्तव्य बारे धेरै कुरा हुने गरेको छ।
Liverpool brace themselves for disappointment as Mbappe continues contract extension talks with PSG: https://t.co/i9GK529BBJ
— LFC News (@LFCNewsApp) December 8, 2020
तर, हाल खबर अनुसार उनि अझै पिएसजीमै रहन सक्ने सम्भावना बढेको छ। खबर अनुसार पिएसजी एम्बाप्पे बीचको सम्झौता विस्तारबारेको दुई छलफलहरु सकारात्मक रहेको छ, पिएसजी उनलाई क्लबमै राख्न सबै प्रयास गर्न तयार रहेका छन्।
Kylian Mbappe is soon to decide on his future with his PSG contract expiring in 2022, and currently has 3 options: extend with PSG, sign for Real Madrid or sign for Liverpool. [Le Parisien] pic.twitter.com/Ngc5muGRMu
— Anfield Edition (@AnfieldEdition) December 5, 2020
लिभरपूल र रियल म्याड्रिड उनलाई साइन गर्न धेरै इच्छुक रहेका छन् भने दुवै क्लबका फ्यानहरु पनि उनलाई आफ्नो क्लबमा चाहन्छन्। एम्बाप्पे क्लोपका फ्यान हुन् भने क्लोपले पनि उनि माथि आफ्नो चासो स्पष्ट राख्दै आएका छन् र रियलले उनलाई आफ्नो मुख्य लक्ष्य बनाएको सबैलाई थाहा छ।