एम्बाप्पे, पारेडेस र इकार्डिको गोलमा पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार भएको खेलमा पीएसजीले शान्दार जित हात पारेको छ ।

सैन्ट-इटिएनको घरेलुु मैदानमा भएको खेलमा पीएसजीले ४-० को जित दर्ता गरेको हो ।

खेलमा पारेडेसले ९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई १-० को अग्रता दिलाएको थियो ।

२५ औं मिनेटमा सैन्ट-इटिएनका अहोलोउले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित रह्यो ।

४३ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० को अग्रता दिलायो ।

खेलको ६२ औं मिनेटमा नेयमारको पेनाल्टी प्रहार चुक्यो ।

७२ औं मिनेटमा इकार्डीले गोल गर्दै ३-० बनायो ।

८९ औं मिनेटमा फेरि एम्बाप्पेले गोल गर्दै ४-० को शान्दार जित दिलायो ।

जितसंगै पीएसजी शीर्ष स्थानमा दोस्रो स्थान भन्दा ७ अंकले अघि रहेको छ ।