२२ बर्षेका स्टार किलियन एम्बाप्पे यस सीजनमा अहिलेसम्म उनको पक्षको शीर्ष स्कोरर हुन् तर उनको प्रदर्शन धेरै उत्कृष्ट हुन् नसकेको पूर्व पेरिस सेन्ट-जर्मेन विंगर जेरोम रोथेनको विश्वास छ। एम्बाप्पेले यस सिजन ११ खेलमा ११ गोल गरेका छन् तर जेरोम रोथेनले उनको मानसिक अवस्थाको बारेमा कुरा उठाएका छन्।
‘Mbappe wants to be Neymar when he’s not playing!’ – PSG star’s state of mind questioned by Rothen https://t.co/y8hGmmH1uw pic.twitter.com/ohfAb6W941
— Goal Africa (@GoalAfrica) December 19, 2020
“उनको मानसिक अवस्थाबारे केही चिन्ता छ,” रोथेनले आरएमसी स्पोर्टलाई भने।
“एम्बाप्पेको मनोवृत्तिले आफुमा विश्वासको कमी रहेको खेलाडीको चित्रण गर्छ र जब कोहि माथिल्लो स्तरमा पुग्छ तब खेलाडीले अधिक कठिनाई भोग्छ।
‘Mbappe wants to be Neymar when he’s not playing!’ – PSG star’s state of mind questioned by Rothen https://t.co/7Qf7OOBIt5 pic.twitter.com/chZoS8yfXM
— The Daily Buzz (@TheDailyBuzz9) December 19, 2020
“हामी उहाँसँग धेरै माग गर्छौं। उनि सुधार गर्न सक्छन किनकि उनि जवान छन्, तर हामीले धेरै प्रगति महसुस गरेका छैनौ। त्यहाँ धेरै चीजहरू छन् जहाँ हामी देख्न सक्छौं उनको समस्या छ।
“इस्तानबुलको विरुद्ध मैले महसुस गरे कि उनले राम्रो गरे । तर जब नेमार त्यहाँ हुँदैन, उनि नेमार हुन चाहन्छन् र जब उनि त्यहाँ हुन्छन, उनि उस्तै हुन चाहन्छन् ।