
फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले पिएसजी छाड्ने आफ्नो चाहना स्पष्ट गरे पछि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज सँग पनि माफी मागेको जानकारी छ।
🚨🇫🇷| Kylian Mbappé recently apologised to Real Madrid’s president Florentino Perez for the ‘perceived betrayal’ that happened last summer. [@AdamCrafton_ @MarioCortegana] pic.twitter.com/5WaL6rpwPf
— PSG Report (@PSG_Report) June 13, 2023
२०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीको बिचमा एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए र सो कुराबाट रियल निकै आक्रोशित बनेको थियो तर हाल उनले उक्त कुरालाई लिएर रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो सँग माफी मागेको रिपोर्ट छ।
फ्रेन्च स्टार एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय लिएका छन् र यही ट्रान्सफर विन्डो उनलाई बेच्न पिएसजी बाध्य हुने भए पछि उनलाई रियल म्याड्रिडले साइन गर्न सक्ने चर्चा हुँदै गरेको छ र सो बिच एम्बाप्पेले रियल सँग माफी पनि मागेका छन् ।
More on Kylian Mbappé saga 🇫🇷
◉ Real Madrid, informed — original plan was to act in 2024;
◉ PSG not happy with Florentino Pérez new comments in leaked video;
◉ Mbappé apologised to Florentino for last summer;
◉ Chelsea sources play down links.
🎥 https://t.co/28FykcbrHr pic.twitter.com/IKU0jEP8vu
— Fabrizio Romano (@FabrizioRomano) June 13, 2023
फ्रेन्च मिडियाहरूका अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै उनको अब यसै ट्रान्सफर विन्डोमा पिएसजीबाट बहिर्गमन हुने अनुमान गरिएको छ ।
एम्बाप्पेसँग एक वर्ष सम्झौता नवीकरण गर्ने अधिकार रहेको छ । तर मिडिया रिपोर्टमा एम्बाप्पेले एक पत्र लेख्दै सो अधिकार प्रयोग नगर्ने जानकारी दिएको उल्लेख गरिएको छ ।
पिएसजीले यस सिजनमा एम्बाप्पेलेलाई नबेचेमा अर्को सिजन फ्री-ट्रान्सफर हुने हुनाले क्लब व्यवस्थापन दबाबमा आएको छ ।
एम्बाप्पेको यो कदमपछि पिएसजी व्यवस्थापनले उनलाई थप आकर्षक प्याकेज अफर गर्ने तयारी गरेको बताइएको छ । तर एम्बाप्पे क्लबले पछिल्लो समयमा चालेका कदमप्रति खुसी नभएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एम्बाप्पेका लागि रियल म्याड्रिडले केहि वर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।
अब पिएसजीसँग एम्बाप्पेलाई राम्रो रकममा बेच्ने विकल्प बचेको विश्लेषण गरिएको छ ।