एम्बाप्पेले यसरी गरे बार्साको डिफेन्स ध्वस्त

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सा विरुद्ध ४-१ उत्कृष्ट जित हासिल गरेको थियो र सो खेलमा पिएसजीका सुपरस्टार किलियन एम्बाप्पेको प्रदर्शन निकै उत्कृष्ट थियो र उनले सो जितमा ह्याट्रिक गरेका थिए।

खेलको २७ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ३२ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए भने सो पछि एम्बाप्पेले बार्साको डिफेन्स ध्वस्त गरे।

उनलाई रोक्न बार्सिलोनाका डिफेन्डरहरूलाई निकै गाह्रो रहेको थियो भने उनले आफ्नो टिमलाई बार्सा विरुद्ध उसकै होममा ४-१को जित हात दिलाउन मद्दत गरे।

हाल बार्सा विरुद्ध एम्बाप्पेको प्रदर्शनको भिडियो भाइरल हुँदै छ। सो जितमा उनको प्रदर्शन ’bout धेरै कुरा हुँदै छ र उनको प्रशंसा हुने क्रम जारी छ।