एम्बाप्पेले मेस्सीको रेकर्ड तोडे

एजेन्सी, किलियन एम्बाप्पे च्याम्पियन्स लिगमा २५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडि बन्न सफल भएका छन। उन्ले दोस्रो लेगमा बार्सिलोनाबिरुद्ध एक गोल गरे पछि उक्त रेकर्ड बनाएका हुन।

पेरिस सेन्ट जर्मनका स्ट्राइकरले बुधबार राती पेनाल्टी मार्फत गोल गरे पछि च्याम्पियन्स लिगमा ईतिहास रचे। दोस्रो लेग १-१ को बराबरी भए पनि पहिलो लेगमा ४-१ को नतिजाले पिएसजी अन्तिम आठमा स्थान बनाउन पर्याप्त रहयो।

फ्रेन्च स्टारले खेलको ३१ औं मिनेटमा गोल गर्दै मेस्सीको रेकर्ड तोडेका थिए। उक्त रेकर्ड पहिला मेस्सीको नाममा रहेको थियो। मेस्सीले २२ बर्ष र २८६ दिनको उमेरमा २५ गोल गरेका थिए भने एम्बप्पे २२ बर्ष ८० दिन रहेको छ।