एम्बाप्पेले पेरिस सेन्ट-जर्मेन छोड्ने इच्छा देखाए पछि रियल म्याड्रिड उनलाई साइन गर्ने तयारीमा

किलियन एम्बाप्पेले पिएसजी छोड्ने संकेत दिएका छन् । फ्रेन्च लिग वानको प्लेयर अफ द अवार्ड सेरोमनीमा कुरा गर्दै २० बर्षिय एम्बाप्पेले आफुले अझै ठुलो भूमिका खोजेको स्पष्ट पारेका थिए, र उक्त अवस्थालाइ रियल म्याड्रिडले निकै नजिकबाट आफ्नो निगरानी राखेको खबर आएको छ।


पिएसजीमा आफुले धेरै कुरा सिकेको बताउदै अब आफुले अझै धेरै जिम्मेवारी लिने समय आएको आफुले महसुस गरेको उनले बताए । उनले भने, मैले अझै धेरै जिम्मेवारी लिनु पर्छ भन्ने मलाई लागेको छ । त्यो पिएसजीमा नै पनि हुन् सक्छ या अन्य कहिँ ।

किलियन एम्बाप्पे रियलका अध्यक्ष पेरेजको मुख्य तारगेट रहेको खुलेको छ। एम्बाप्पेले सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आएका थिए । उनले यस सिजनमा पिएसजीका लागि कुल ३८ गोल गरे भने लिग वानमा मात्र ३२ गोल गरेका छन् ।