“एम्बाप्पेले पिएसजी छोड्ने छैनन्”

पेरिस सेन्ट-जर्मेनमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको भविष्यबारे धेरै चर्चा हुने गरेको छ। हाल सम्म उनले क्लब सँग नयाँ सम्झौता गरेका छैनन् भने उनको नयाँ गन्तव्य ला लिगा क्लब रियल म्याड्रिड हुन सक्ने हल्ला हुँदै गर्दा क्लबका प्रमुख नासर अल-खलयफीले भने एम्बाप्पेले क्लब नछोड्ने दाबी गरेका छन्।

हालै पिएसजीले फुटबलकै सुपरस्टार लियो मेस्सीलाई साइन गरे पछि एम्बाप्पेले पिएसजी नछोड्ने क्लबका प्रमुख नासर अल-खलयफीको विश्वास रहेको छ।

“एम्बाप्पे पिएसजी खेलाडी हुन्। उनले सार्वजनिक रुपमा भनेका छन् कि उनी क्लब छोड्न चाहँदैनन्, हामीलाई उनको भविष्य थाहा छ। अल-खलयफीले पिएसजीमा एम्बाप्पेको भविष्यबारे बोल्दै भने।

“उनले पहिले नै भनिसकेका छन् कि उनी छोड्न चाहँदैनन्, र त्यसैले उनी पिएसजीमै बस्नेछन्।”

उहाँ एक प्रतिस्पर्धी टोली चाहन्छन् र हामीसँग अहिले संसारकै सबैभन्दा प्रतिस्पर्धी टिम रहेको। अब उहाँको लागि कुनै बहाना छैन। उनी क्लबमा रहन बाहेक अरू केही गर्न सक्दैनन्।”