एम्बाप्पेले नया सम्झौता नगर्दा पिएसजीको नजर सलाह माथि

एजेन्सी, लिभरपुलको स्टार मो सलाहको भबिस्य अनिश्चित रहेको छ। उन्को अवस्थालाई लिएर युरोपका अन्य क्लबहरुले नजर तीब्र पारेको छ।

इजिप्टसियन फरवार्ड गोल्डेन बुटका लागि टोटेन्हमको ह्यारी केनसंग प्रतिस्पर्धा गर्दै छ्न। दुबैको प्रिमियर लिगमा गोल संख्या २२ पुगेको छ।

सलाहले वेस्ट ब्रोमबिरुद्ध गोल गर्दै २२ गोल पुराएका हुन। विभिन्न रेपोर्टलाई आधार मन्ने हो भने यो सिजन उन्को अन्तिम सिजन हुनसक्छ।

फ्र्न्च सन्चार लिइक्युपका अनुसार पेरिस सेन्ट जर्मेन सलाहको एजेन्टसंग नियमित सम्पर्कमा रहेको जनाएको छ।

किलियन एम्बाप्पेको भबिस्य पनि अनिश्चित हुदा सलाह माथि आँखा लगाएको हो।

फ्रेन्च युवा स्टारसंग क्लबबाट सम्झौता नविकरण सम्बन्धि वार्ता भएता पनि एम्बाप्पेले कुनै हस्ताक्षर भने गरेको छैन।

सलाहको लिभरपुलसंग सम्झौता २०२३ मा सकिदै छ।