एम्बाप्पेले तोडे मेस्सीको क्रितिमान

पिएसजीका फरवार्ड किलियन एम्बाप्पे च्याम्पियनस लिगमा २० गोल गर्ने सबै भन्दा कान्छो खेलाडी बनेका छन। युबा स्टारले लियो मेस्सीको क्रितिमान तोडेको हो।

पिएसजिको तेस्रो गोल एम्बाप्पेले गरेका थिए इस्तान्बुल बेसेकसेहिरबिरुद्ध। नेय्मारले अर्को दुई गोल गर्दै पिएसजिलाइ जितको बाटो तय गराए। शोहि खेल एक दिन पछि खेलाइएको थियो। चौथो ओफिसियलले इस्तान्बुलको सहायक प्रशिक्षक पिएरे वेबोलाइ जातीय दुरुपयोग गरे भन्दै खेल रद्ध गरिएको थियो।

नेय्मारलाई बिपक्षी खेलाडिले लडाए पछि एम्बाप्पेले पेनाल्टी मार्फत गोल गरेका हुन। यो गोल एम्बाप्पेले एक बर्ष पछि च्याम्पियनस लिगमा गरेको हो। यस गोलसंगै एम्बाप्पे छिटो २० गोल गर्ने कान्छो खेलाडि बनेका छन। उनी २१ बर्ष ३५५ दिनको उमेरको थियो भने मेस्सीले २० गोल गर्दा २२ बर्ष २६६ दिनका थिए।