एम्बाप्पेलाई सबैभन्दा धेरै कमाउने खेलाडी बनाउन पिएसजी तयार

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे क्लब छोड्न इच्छुक रहेका छन् तर उनलाई क्लबमै राख्न पिएसजी सबै प्रयास गर्न तयार रहेको खबर छ।

यो ट्रान्सफर विन्डो उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिडले प्रस्तावहरू पठाए पनि पिएसजीले सो प्रस्तावहरू अस्वीकार गरेको थियो भने अर्को वर्ष एम्बाप्पे फ्री एजेन्टको रुपमा रियल जाने सम्भावना बढेको छ तर पिएसजीले अझै पनि उनलाई क्लबमा राख्न प्रयास गर्ने खबर छ र उनलाई क्लब छोड्नबाट रोक्न एम्बाप्पेलाई सबैभन्दा धेरै कमाउने खेलाडी बनाउन पिएसजी तयार रहेको खबर छ।

एम्बाप्पेले पिएसजी सँग सम्झौता विस्तार गरेका छैनन् र उनी रियल म्याड्रिडमा जान चाहन्छन् तर उनलाई क्लबमै राख्न पिएसजीले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्ने जानकारी छ जसले उनलाई विश्व फुटबलकै सबैभन्दा धेरै कमाउने खेलाडी बनाउने जानकारी छ।

खबर अनुसार पिएसजी उनलाई २०२४ सम्मको सम्झौता विस्तारको लागि €४५ मिलियन प्रति वर्ष तिर्न इच्छुक हुने छ जसले उनलाई मेस्सी, रोनाल्डो र नेमार भन्दा धेरै कमाउने खेलाडी बनाउने छ। उक्त सम्झौता अनुसार उनको प्रति हप्ताको तलब €८६५,३८४ हुने छ।

रियल म्याड्रिडको लागि खेल्ने आफ्नो सपना रहेको एम्बाप्पेले स्वीकार गर्दै आएका छन् भने यो ट्रान्सफर विन्डो उनी क्लब छोड्न इच्छुक रहे पनि पिएसजीले उनको लागि आएको प्रस्ताव अस्वीकार गरे पछि यो सिजन पनि उनी पिएसजीमा खेल्ने छन्। अर्को वर्ष उनी फ्री एजेन्टको रुपमा रियल जाने चर्चा हुँदै गर्दा पिएसजीले उनलाई क्लबमै राख्न ठुलो रकमको प्रस्ताव गर्ने खबर छ।