एम्बाप्पेलाई रोक्न बार्साका स्टार डिफेन्डरले यस्तो प्रयास गरे पछि उनको ट्रोल

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा पिएसजीले बार्सा विरुद्ध ४-१ उत्कृष्ट जित निकालेको थियो जसमा एम्बाप्पे निकै उत्कृष्ट रहे। एम्बाप्पेले ह्याट्रिक गरेको उक्त खेलमा डिफेन्डरहरू उनको अगाडी असहाय भए।

बार्सिलोनाका डिफेन्डरहरूलाई एम्बाप्पेलाई रोक्न निकै गाह्रो भएको थियो भने बार्साका स्टार डिफेन्डर जेरार्ड पिकेले गरेको प्रयासको हाल ट्रोल हुँदै गरेको छ।

खेलको क्रममा किलियन एम्बाप्पे बलको साथी अघि बढ्दै गर्दा जेरार्ड पिकेले उनलाई रोक्न उनको जर्सी ताने र हाल पिकेको उक्त प्रयासको मिमहरू बनेको छ भने सामाजिक सञ्जालमा उनको ट्रोल हुने क्रम जारी रहेको छ।

क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर,३२ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६५ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

७० औँ मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो । त्यसपछि खेलको ८५ औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस जितसँगै पीएसजीको क्वाटर फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।