‘एम्बाप्पेलाई रोक्न इङ्गल्यान्ड सँग दुई वर्ष देखिको योजना छ’

२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा इङ्गल्यान्डले उपाधि दाबेदार रहेको फ्रान्स विरुद्ध खेल्ने छ भने फ्रान्सलाई हराउन एम्बाप्पेलाई रोक्ने इङ्गल्यान्डका कोच ग्यारेथ साउथगेट सँग २ वर्ष देखि तयार गरिएको रणनीति तयार रहेको छ।

यो वर्षको विश्व कपमा एम्बाप्पेको प्रदर्शन निकै उत्कृष्ट रहेको छ र फ्रान्स विरुद्ध जित हासिल गर्न एम्बाप्पेलाई रोक्न पर्ने कुरा इङ्गल्यान्डलाई थाहा छ भने एम्बाप्पेलाई रोक्ने रणनीति इङ्गल्यान्डका कोच ग्यारेथ र उनको कोचको स्टाफले दुई वर्ष देखि तयार राखेको रिपोर्ट छ।

इन्डिपेन्डेन्टका अनुसार साउथगेट र उनका स्टाफले ‘एन्टी-एम्बाप्पे’ योजना बनाएका छन् र दुई वर्षदेखि यो योजनाको तयारी गरिरहेका छन्।

रिपोर्ट अनुसार खेलमा एम्बाप्पेलाई रोक्न आफ्नो टिमको राइट विङ्गमा पनि एम्बाप्पे जतिको उत्कृष्ट खेलाडी राखेर फ्रान्स माथि अट्याक गर्ने इङ्गल्यान्डको योजना रहेको छ र रिपोर्ट अनुसार फ्रान्स विरुद्धको खेलमा सो योजनाको लागि साउथगेटले राइट विङ्गमा फिल फोडेनलाइ राख्ने छन्।

एम्बाप्पेको खेल यो विश्व कपमा निकै राम्रो रहेको छ भने उनी फ्रान्सको एक महत्त्वपूर्ण खेलाडी र गोल कर्ताको रूपमा रहेका छन्। हाल सम्म ५ गोल गर्दै उनी प्रतियोगिताको शीर्ष गोलकर्ता रहेका छन् भने उनी गोल्डन बुटको मुख्य दाबेदार हुन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ