एम्बाप्पेलाई रियल म्याड्रिडमा जान मेस्सीको आग्रह

फुटबल सुपरस्टार मेस्सीले आफ्नो पूर्व टिम मेट किलियन एम्बाप्पेलाई ला लिगा क्लब रियल म्याड्रिडमा जान आग्रह गरेको खुलेको छ। मेस्सीले हालै मात्र पिएसजी छोडेका थिए भने पिएसजी छोड्नु अगाडी मेस्सीले एम्बाप्पेलाई ला लिगा क्लबमा जान आग्रह गरेको खुलेको छ।

“म तिमीलाई बार्सिलोना गएको देख्न चाहन्छु तर यदि तिमी म्याड्रिडमा जान चाहन्छौ भने, आफ्नो सपना पुरा गर, तिमी वास्तविक जितको परियोजनाको योग्य छौ।”- मेस्सीले एम्बाप्पेलाई भनेको खुलेको छ।

किलियन एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरे पछि फ्रेन्च क्लब पिएसजी उनलाई बेच्न तयार रहेको बेला उनको भविष्यको वारे धेरै चर्चा हुदै गरेको छ।

रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य रहेको छ भने उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिड इच्छुक रहेको छ।

उनको पूर्व टिम मेट मेस्सीले उनलाई बार्सामा देख्न इच्छा रहे पनि एम्बाप्पेको सपना रियल रहेको कारण उनलाई मेस्सीले रियल म्याड्रिडमा जान आग्रह गरेको खुलेको छ।

एम्बाप्पेका लागि रियल म्याड्रिडले केही वर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ